इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौँ – इरानी राष्ट्रपति इब्राहिम रैसी बोकेको हेलिकप्टर सम्पर्कविहीन भएको छ ।

अमेरिकी समाचार संस्था एपीलाई साभार गरेर सीटीभी न्युजले दिएको जानकारीअनुसार देशको अजरबैजानसँग जोडिएको पूर्वी सिमानाको पूर्वी अजरबैजान प्रान्तमा जाने क्रममा हेलिकप्टर सम्पर्क बाहिर गएको हो । खराब मौसमको कारणले यस्तो भएको बताइएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेबसँग मिलेर दुई देशले बनाएको विशाल ड्यामको उद्घाटन गर्न रैसी त्यता गएको बताइएको छ ।

प्रतिक्रिया