

नेपालगन्जको तापक्रम वर्षकै उच्च, ४२ डिग्री पुग्यो

नेपालगन्ज- देशकै अत्यधिक गर्मी हुनेमध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय नेपालगन्जकी फिल्ड इन्चार्ज मीना सिवाकोटीले शनिवार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ६ डिग्री सेल्सियस मापन भएको बताए । उनका अनुसार यो नेपालगन्जको यस वर्षकै उच्च तापक्रम हो ।
शनिवार मापन भएको नेपालगन्जको अधिकतम तापक्रम पाँच वर्ष यताकै उच्च हो । २०१८ देखि २०२४ सम्म सात वर्षको अवधिमा गत २०१९ मे २० तारिखका दिन नेपालगन्जको तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको फिल्ड इन्चार्ज सिवाकोटीले जानकारी दिए ।

