सेनाले सगरमाथा र ल्होत्से हिमालबाट दुई जनाको शव काठमाडौँ ल्यायो


काठमाडौँ – नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एकरएक गरी दुई जनाको शव काठमाडौँ ल्याएको छ ।

लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौँ ल्याइएको सेनाले जनाएको छ । बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

अभियानका क्रममा हालसम्म ८ हजार ६ सय २० केजी फोहोर संकलन गरेर तीमध्ये २५० किलो कुहिने फोहोर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।

प्रतिक्रिया