सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने


काठमाडाैं- नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो । तर, तर एमालेले सरकारमा नजाने निर्णय पनि गरेकाे छ ।

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खाेजेका थिए । तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो ।

नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहेका मुख्यमन्त्री सोडारीले भाेलि बिहीबार १० : १५ बजे विश्वासको मत लिने कार्यक्रम छ ।

प्रतिक्रिया