

इतिहासकार नेपालको निधन

काठमाडौं – इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो ।
शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरिए पनि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको थियो ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा निधन भएको हो । उनका दुई छोरा छन् ।

