ललितपुरमा ‘मास्टर सेफ’ले खाेले ‘मिथिला थाली बाइ सन्तोष साह’


काठमाडौं- मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न ‘मास्टर सेफ’  सन्तोष शाहले ललितपुरको झम्सिखेलमा रेस्टुरेन्ट ‘मिथिला थाली बाइ सन्तोष साह’ सञ्चालनमा ल्याएका छन् ।

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौं उपत्यकाबासीलाई खुवाउने योजनाका साथ उनले झम्सिखेलमा रेष्टुराँ सुरु गरेका हुन् ।

विश्व विख्यात बनेका मास्टर सेफ सन्तोषले मिथिला थाली आगामी जेठ ६ गते उद्घाटन गरिने जानकारी दिए ।  करिब पचास लाख रुपैयाँको लगानीमा आफ्ना दाइ दिलिप र भान्से (सेफ )लक्ष्मणसँगको सहकार्यमा उनले मिथिला थाली सञ्चालनमा ल्याएका हुन् ।

यहाँको मेनु सबै तराईको हुन्छ । खाना सेट एउटा ट्रे मा हालेर सर्भिस हुन्छ । १७ प्रकारको खाना उपलब्ध गराउँछौ ।

जनकपुरमा आवासीय सुविधा सहित करिब ३ करोड रुपैयाँ लगानीमा मिथिला थाली सञ्चालनमा रहेको छ । त्यही मिथिला थालीलाई ललितपुरको झम्सीखेलमा सञ्चालनमा ल्याइएको हो ।

प्रतिक्रिया