देउवा निवासमा बैठक


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शनिबार पदाधिकारी बैठक बसेको छ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसको मागका सन्दर्भमा सरकारले चासो नदिएको, सत्ता गठबन्धन एकतर्फी हिसाबले सदन चलाउने रणनीतिमा लागेकोलगायतका विषयमा बैठकमा छलफल भएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म सदनको बैठक चल्न नदिने घोषणा गरेको कांग्रेसले आगामी जेठ १ गते डाकिएको बैठकमा प्रस्तुत हुने रणनीति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया