कुटपिट गरेर देउरानीको हत्या, ३ वर्षपछि जेठानी पक्राउ


काठमाडाैं- रूकुम पश्चिममा कुटपिट गरेर देउरानीको हत्या गरेको आरोपमा जेठानी पक्राउ परेकी छन् । चौरजहारी नगरपालिका- १३ एगौलीकी ४० वर्षीया हिरा विक पक्राउ परेकी हुन् ।

२०७५ पुस २५ गते बिहान ७ बजेतिर घरायसी विवादका कारण हिराले आफ्नै देउरानी २८ वर्षीया कल्पना नेपालीलाई कुटपिट गरेकी थिइन् । घाइते कल्पनाको उपचारका क्रममा २०७८ मंसिर १९ गते मृत्यु भएको थियो ।

कल्पनाको मृत्युपछि  फरार रहेकी हिरालाई  दाङको बबई गाउँपालिका-५ हुरूमबेली चौरबाट बिहीबार नियन्त्रणमा लिइएको हो ।

उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया