गाउँपालिका भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सार्वजनिक बिदा


काठमाडाैं- सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न  त्यहाँ सार्वजनिक बिदा दिइने भएकाे छ ।

दार्मा गाउँपालिका-३ मा रहेको पालिकाको प्रशाकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री पुष्प कमल दाहाल नै जाने भएपछि पालिकाभरी सार्वजनिक बिदा दिइएको हाे ।

कार्यपालिका बैठकले निर्णय गरेर सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए। पालिकामा बिदा दिन पाउने अधिकार स्थानीय सरकारलाई भएको उनकाे तर्क छ ।

 

प्रतिक्रिया