

ठमेलकाे होटेल भियनामा सीआईबीको छापा, ३ जना पक्राउ

काठमाडाैं- ठमेलमा सञ्चालित होटल भियनामा प्रहरीले छापा हानेकाे छ ।
सुन तस्करीमा जोडिएका दाबा लामाको लगानी रहेको उक्त होटलमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार साँझ छापा मारेकाे हाे । त्यहाँबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
उनीहरूले हुण्डी कारोबार गरेको प्रहरीको आशंका छ । पक्राउ परेका व्यक्तिमाथि थप छानबिन भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए ।

