भारतका प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड काठमाडौँमा


काठमाडौँ – भारतीय प्रधान न्यायाधीश डा. डीवाई चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा काठमाडौँ आइपुगेका छन् । नेपालका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणमा आएको चन्द्रचूड शुक्रबार काठमाडौँ आइपुगेका हुन् ।

उनले केन्द्रीय बाल न्याय समन्वय समितिले शनिबार आयोजना गर्ने कार्यक्रमलाई मुख्य वक्ताको रूपमा सम्बोधन गर्नेछन् । भोलि साँझ नै दुई देशका प्रधान न्यायाधीशबीच भेटवार्ता हुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानन्यायाधीश श्रेष्ठले चन्द्रचूडको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।

भ्रमण दलमा प्रधान न्यायाधीश चन्द्रचूडका साथै उनकी श्रीमती कल्पना दास, भारतीय सर्वोच्च अदालतका न्यायाधीश राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा छन् । चन्द्रचूडको भ्रमण दल २३ वैशाख साँझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया