कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार


विराटनगर- झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् ।  हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत उदयपुरकी एनिका अधिकारी घाइते भएकी हुन्।

प्रहरीका अनुसार  ती विद्यार्थीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको बताइएको छ ।

गोली हानेर फरार भएका युवकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया