

कार रोकेर सेतीमा नुहाउन पस्दा डुबेका पुरुषको शव भेटियो

डोटी- सेती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एकजना पुरुषको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भेट्टाएको छ ।
गोताखोरसहितको टोलीले मंगलबारदेखि खोजी गरिरहेको अवस्थामा बुधबार ४० वर्षीय नरबहादुर तामाङको शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीम भट्टराईले तामाङको शव नुहाउन गएको स्थानबाट करिब २५ मिटर तल भेटिएको बताए ।
धनगढी उपमहानगरपालिका–३ मायामेट्रो अस्पतालपछाडि बस्ने ४० वर्षीय तामाङ सोमबार डोटीको शिखर नगरपालिका–८ लुवाखडीनजिकै सेतीमा डुबेर बेपत्ता भएका थिए ।
उनी सुदूरपश्चिम प्रदेश ०१ ००१ ज. १५३४ नम्बरको अल्टो कार लिएर धनगढीबाट अछाम जाँदै थिए। बाटैमा कार रोकेर रोकी नुहाउन सेतीमा पसेका उनी डुबेर बेपत्ता भएका थिए ।

