

वनमा आगो लगाएको आरोपमा गुल्मीका दुई जना पक्राउ

गुल्मी- आगो लगाएको आरोपमा गुल्मीमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेसुंगा गाउँपालिका–७ का ३८ वर्षीय राजकुमार पन्थी क्षत्री र ४१ वर्षीय राजु जिसी छन् ।
उनीहरुलाई स्थानीय सिस्न्यारा पातल सामुदायिक वनमा वैशाख ७ गते आगो लगाएको आरोपमा पक्राउ गरिएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । आरोपी दुवै जनाले वनमा आगो लगाएको स्वीकारेका छन् ।
उनीहरुलाई वन ऐन २०७६ मार्फत आगो लगाएको कसुरमा मुद्दा चलाउने तयारी गरिएको छ । उनीहरुलाई तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
डगुल्मीका १२ स्थानीय ८० सामुदायिक वनमा आगो लागेको र २ हजार बढी हेक्टर क्षेत्रफल नष्ट भएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

