

राम्ररी ढोका नलगाएर सिम्रिकको हेलिकप्टर उडेपछि…

काठमाडौं- सिम्रिक एयरको हेलिकप्टरले धुलिखेलमा आकस्मिक अवतरण गरेकाे छ । सोमबार बिहान काठमाडौंबाट लुक्ला उडेको नाइनएन एकेडी हेलिकप्टर धुलिखेलमा अवतरण गरिएको हो ।
इण्डिकेटरमा ढोका नलागेको संकेत देखिएपछि अवतरण गराएर जाँच गरेकाे विमानस्थलका प्रवक्ता सुवास झाकाले जानकारी दिए । ढोका सही तरिकाले लगाएपछि हेलिकप्टर पुनः लुक्ला उडेको छ ।

