
बुढीगण्डकीमा पानीको सतह बढेपछि तटीय क्षेत्रबासीलाई सचेत रहन आग्रह
काठमाडौं- गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाव बढेको छ ।
बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ । नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हाे ।
बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ ।



कागजपत्र |
