

चोभारको जङ्गलमा आगलागी, आगो निभाउन गएको दमकल दुर्घटना

काठमाडौं- काठमाडौंको चोभारस्थित जङ्गलमा आगो लागेको छ । शनिबार दिउँसो आगो लागेको हो । आगो निभाउन गएको दमल दुर्घटना भएको छ ।
सशस्त्र प्रहरी बलको कार्यालय नजिकै लागेको आगो निभाउन काठमाडौंबाट गएको दमकल पल्टिएको जिल्ला प्रहरी परिसर काठमडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
दुर्घटनाहुँदा घाइते भएका तीन जनलाई बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

