मलामी गएका दुईजना तामाकोशीमा बगे


काठमाडौं- दोलखाको गौरीशंकर गाउँपालिका–८ खारेका दुई पुरुष तामाकोशीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

पौडी खेल्ने क्रममा गौरीशंकर गाउँपालिका-८ खारेका अन्दाजी २५ वर्षिय सिमबहादुर तमाङ र सोही स्थानका २७ वर्षिय जयबहादुर तमाङ वेपत्ता भएका हुन् ।

शुक्रबार दिउँसो मलामी गएर घर फर्किने क्रममा तामाकोशी नदीमा नुहाउन भनि हिँडेका दुई जना बेपत्ता भएको र अझै फेला पार्न नसकिएको परिवारले बताएका छन् ।

बेपत्ता भएकाहरुको स्थानीयले खोजी कार्य जारी राखेका छन् ।बेपत्ताको खोजीका लागि प्रहरी पनि घटनास्थलमा खटिएको ईलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ ।

प्रतिक्रिया