
आईजीपी कुँवरले दिए दीपेन्द्रलाई बधाई
काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीलाई बधाई दिएका छन् ।
आईजीपी कुवँरले दीपेन्द्रलाई आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएकोमा बुधवार बधाई दिएका हुन् । दीपेन्द्र नेपाल प्रहरीको क्रिकेट टोेलीका खेलाडी पनि हुन् ।
‘मेन्स आईसीसी टी–२० को अलराउन्डर वरीयतामा विश्वको ११ औँ र एसोसिएट राष्ट्रका नम्बर एक अलराउन्डर बन्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडी दीपेन्द्रलाई हार्दिक बधाई,’ उनले सामाजिक सञ्जालमार्फत् दिइएको बधाई पुस्तिकामा भनिएको छ ।



कागजपत्र |
