
सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध
काठमाडौं- सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाका कारण नेपाल टेलिकमको सेवा सुदूरपश्चिमभर अवरुद्ध भएको हो।
नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ । उनले नेपाल टेलिकमको प्राविधिक समूह मर्मतका लागि भुरिगाउँ गएको बताए । प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए।
सेवा सुचारु हुन लाग्ने समयका विषयमा केही बताइएको छैन । बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन् ।



कागजपत्र |
