उपनिर्वाचनका लागि मतपत्र पठाइयो, यस्तो छ मतपत्र


काठमाडौं- निर्वाचन आयोगले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम २ र बझाङ १ क का लागी मतपत्र पठाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतपत्र आज बिहान पठाइएको हो ।

जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा छापाखानामा छापिएका इलाम प्रतिनिधीसभा क्षेत्र नम्बर २ का लागि १ लाख २८ हजार र बझाङको प्रदेशसभा १ का लागि ६८ हजार मतपत्र पठाइएको पौडेलले बताए ।

मतपत्रको यो संख्या मतदाता सङ्ख्या भन्दा झन्डै १० प्रतिशत बढी हो। केही मतपत्रमा मसी लतपतिने, च्यातिने, बिग्रिने भएका कारण केही प्रतिशत बढी मात्रामा मतपत्र छपाई गरेर पठाईएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया