अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा


काठमाडौं – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल राष्ट्र बैंककाअनुसार आज १ डलरको भाउ अर्थात बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

हिजो १ डलरको बिक्रीदर १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो ।

यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा थियो । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ भारु पनि कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया