काठमाडौँ आइपुगे बङ्गलादेशका विदेश सचिव मोमेन


काठमाडौँ – बङ्गलादेशका विदेश सचिव मसुम बिन मोमेन मंगलबार काठमाडौँ आइपुगेका छन् ।

नेपाल-बंगलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठकमा सहभागी हुन उनी काठमाडौँ आएका हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना र बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

नेपाल-बङ्गलादेश विदेश सचिवस्तरीय परामर्श संयन्त्रको तेस्रो बैठक बुधबार काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया