अनुमति बिना विदेश नजान सांसदहरुलाई ओलीको निर्देशन


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् ।

सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन् ।

उनले भने, ‘ बिनाइजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऊँ। बिनाइजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ, कसको निमन्त्रणामा गएको हो भनेर । हाम्रै पनि साथीहरू, अरू पार्टीका पनि साथीहरू विनाकसुर पनि, बिना दोष पनि कारबाहीमा पर्नुपरेको छ । माननीयजीहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ ।’

 

प्रतिक्रिया