

प्रधानमन्त्री र मन्त्री भएकाहरू सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४७ सालपछि नेपालको राजनीतिक र प्रशासनिक नेतृत्व लिएकाहरू सबै जबाफदेही हुनुपर्ने बताएका छन् ।बुधबार काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा महामन्त्री थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्रीलगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।
‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्व प्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’ थापाले भने ।
सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए ।

