कर्णालीको मुख्यमन्त्रीमा कँडेल नियुक्त


सुर्खेत – कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

कँडेललाई एमालेसहित माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेताहरूको समर्थन रहेको छ ।

प्रतिक्रिया