खगराज अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त


पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनी नेकपा (एमाले), नेकपा (माआवादी केन्द्र) र स्वतन्त्र गरी ३१ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।  अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए ।

उनले सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबिलाई प्रदेश प्रमुखले स्वीकार गर्दै मुख्यमन्त्री नियुक्त गरेका छन् ।

 

प्रतिक्रिया