

आइपिएलमा सबैभन्दा ढिलो सतक बनाउने ‘स्लो कोहली’

काठमाडाैं- शनिबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेङ्लोर (आरसिबी) लाई ६ विकेटले पराजित गरेको छ ।
राजस्थानका लागि बटलरले नौ चौका र चार छक्काको मद्दतले अविजित १०० रनको योगदान गरे । आरसिबीका लागि विराट कोहलीले ७२ बलमा १२ चौका र चार छक्काको मद्दतले ११३ रनको योगदान गरे । राजस्थान रोयल्सविरुद्ध भने उनको यो पहिलो शतक हो । नटआउट रहेका कोहलीले आफ्नो इनिङ्समा १२ चौका र तीन छक्का प्रहार गरेका थिए ।
तर पनि उनकाे आलोचना भइरहेको छ । कोहलीले आईपीएलमा सबैभन्दा सुस्त शतक बनाएकाे भन्दै भारतमा उनलाई ट्रोल गरिरहेका छन् । सामाजिक सञ्जालमा उनलाई ‘स्लो कोहली’ र ‘स्वार्थी’ भन्दै ट्रोल गरिरहेका हुन् ।
मनिष पाण्डेले सन् २००९ मा आइपिएलको सबैभन्दा ढिलो शतक ६७ बलमा बनाएका थिए । तर शनिबार काेहलीले उनकाे कीर्तिमानमा ताेडे ।

