सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता


काठमाडौं- नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् ।  सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ ।

आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ ।

अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया