नेपालले पायो १७५ रनको लक्ष्य


काठमाडौं — आयरल्याण्डविरुद्ध दोस्रो एकदिवसीय खेलमा  नेपाल ए ले जितका लागि १७५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ३८.४ ओभरमा १७४ रन बनाउँदा सबै विकेट गुमाएपछि नेपालले उक्त लक्ष्य पाएको हो ।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

एक समय २०.३ ओभरमा ९४/७ को अवस्थामा पुगेको आयरल्यान्डलाई आठौं विकेटका लागि गेभिन र लियाम म्याकार्थीले ५४ रनको साझेदारी गरेका थिए ।

कप्तान निल रक ३८ बलमा ३ चौका र ३ छक्कासहित ४५ रनमा आउट भए । अन्तिम विकेटको रुपमा आउट भएका लियाम म्याकार्थी ५४ बलमा ३ चौकासहित ३५ रनमा आउट भए । पिटर मुर १७ रनमा आउट भए ।

नेपालका स्पिनर साहब आलमले १० ओभरमा १ मेडनसहित ३५ रन खर्चेर ३ विकेट लिए । रिजन ढकालले ८ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । मौसम ढकालले २ र कमलसिंह ऐरीले १ विकेट लिए ।

 

प्रतिक्रिया