जिल्ला न्यायाधीशका लागि १० जनाको नाम सिफारिस (नामसहित)


काठमाडौं – न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।

बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ ।

बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरिसकेको छ ।

यस्तै परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ ।

परिषद्ले २ जना उच्च र २ जना जिल्ला न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेमा अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराज पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरे छन् ।

प्रतिक्रिया