

गेष्ट हाउसमा लगेर बालिका बलात्कार गर्ने सन्दीपलाई १९ वर्ष कैद

काठमाडाैं – बालिका बलात्कारका एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाइएको छ ।
तनहुँकाे म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय भएकाे हाे । जिल्ला अदालतका जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलवारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए ।
परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा उनीविरुद्ध २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । आरोपितले २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भीमाद बजारमा ल्याई एक गेष्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए ।
प्रहरीले विकलाई साउन १ गते पक्राउ गरेको थियो । गत साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए ।

