
गाउँमा आतंक मच्चाउने राँगालाई प्रहरीले हान्यो गोली
विराटनगर- मोरङको केराबारीमा गाउँमा पसेर आतंक मच्याएपछि राँगालाई प्रहरीले गोली हानेर मारेको छ ।
मंगलबार बेलुका प्रहरीले दुई राउण्ड गोली हानेर राँगा मारेको हो । रागाको आक्रमणबाट ८० वर्षीय गञ्जबहादुर कार्की घाइते भएका छन् ।
राँगा नियन्त्रणमा लिने प्रयास सफल नभएपछि गोली हानेर मारिएको प्रहरीले बताएको छ ।



कागजपत्र |
