त्रिशूलीमा बेपत्ता भएका दिवस मृत भेटिए


काठमाडौं-  त्रिशूली नदीमा ट्याक्सी खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाया मृत भेटिएका छन् ।

बेपत्ता भएको चार दिनपछि बुधबार बिहान कालीखोलास्थित त्रिशुली किनारमा रोकाया मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत शनिबार काठमाडौंबाट फर्किदैँ गरेको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक दुर्घटना भएको थियो ।

घटनामा चालक गोर्खा नगरपालिका–७ का ३५ वर्षीय अर्जुन सिर्मल, सोही ठाउँका ४१ वर्षीया हरिमाया रोकाया, ७० वर्षीया जुनकिरी रोकाया, २८ वर्षीया अञ्जना रोकाया, ९ वर्षीय बालक आगमन नगरकोटीको मृत्यु भएको थियो ।

प्रतिक्रिया