
भाइको कोठामा लगेर १७ वर्षीया किशोरीलाई करणी गर्ने लाक्पा पक्राउ
रसुवा – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नौकुण्ड गाउँपालिका-१ घर भएका २० वर्षीय लाक्पा घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घलेले ती किशोरीलाई कालिका गाउँपालिका-२ घुम्ती बजारस्थित भाइ नाता पर्नेको कोठामा ललाई फकाई लगी सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कालिकास्थानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
