
बाघलाई थुनेर भ्रमण वर्ष मनाएको भन्दै चितवनमा प्रदर्शन
चितवन– पशु अधिकारकर्मीले बाघलाई थुनेर सार्वजनिक प्रदर्शनका लागि नराख्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरूले विश्व वन्यजन्तु कोष नेपालको कार्यालय अगाडि प्रदर्शन गर्दै वन्यजन्तुमाथि भइरहेका सबै किसिमका क्रुरता अन्त्य गर्न माग गरेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएका दुई वटा बाघलाई भरतपुरमा खोरमा राखेर प्रदर्शनमा राखेको छ । भरतपुर भ्रमण वर्षका अवसरमा निकुञ्जले बाघको अवलोकन गर्न सकिने व्यवस्था गरेको हो ।



कागजपत्र |
