बझाङमा माओवादी प्रदेश कमिटीबाट जनक बुढा उम्मेदवार


धनगढी – नेकपा (माओवादी केन्द्र) को प्रदेश कमिटीले बझाङ प्रदेश सभा-१ को उपनिर्वाचनमा प्रदेश कमिटी सचिव जनकबहादुर बुढालाई उम्मेदवार बनाउन सिफारिश गरेको छ ।

सुदूरपश्चिम प्रदेश कमिटीले अगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा बुढालाई उम्मेदवार बनाउन केन्द्रीय कमिटीलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका प्रदेश कमिटी सचिव रहेका बुढा २०५६ सालमा अखिल क्रान्तिकारी हुँदै पार्टी राजनीतिमा आएका थिए । २०७० सालको दोस्रो संविधान सभा सदस्य रहेका बुढाले बझाङ जिल्ला अध्यक्ष र इन्चार्जको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया