सदन चलिरहँदा संसद भवनकाे बत्ती झ्याप्प–झ्याप्प


काठमाडौं- आज(आइतबार) प्रतिनिधिसभाको जारी बैठकमा पटकपटक बत्ती गएको छ । आधा घण्टामा २-३ पटक बत्ती गएर सभा कक्ष अँध्यारो भएपछि सांसदहरूले अप्ठेरो महसुस गरेका छन् ।

सांसद सञ्जयकुमार गौतम, एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा  बत्ती गएको थियो ।

विद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया