

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं- आयरल्यान्ड उल्भ्स (ए) ले पहिलो ट्वान्टी-२० क्रिकेटमा नेपाल ‘ए’ लाइ २२३ रनको विशाल चुनौती दिएको छ ।
नेपाल ‘ए’ ले टस जितेपछि ब्याटिङमा आएका आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाई २ सय २२ रन बनाएको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओपनर पिटर मुरले आईरिस टोलीबाट सर्वाधिक ४९ रन बनाए ।
नेपालका लागि कमलर ऐरीले ३ विकेट लिए। त्यस्तै सागर ढकाल र आरिफ शेखले १-१ विकेट लिए।

