

महिला खेलाडीलाई ओठमा किस गर्ने फुटबल महासंघका पूर्वअध्यक्षविरुद्ध सजायकाे माग

काठमाडौं- महिला फुटबल खेलाडीलाई ओठमा चुम्बन गरेपछि विवादमा तानिएका स्पेनिस फुटबल महासङ्घका पूर्वअध्यक्ष लुइस रुबिलेसविरुद्ध न्यायालयमा साढे दुई वर्ष जेल सजायको माग गरिएको छ ।
खेलाडीमाथि यौन दुर्व्यवहार गरेको गम्भीर आरोपमा रुबिलेसविरुद्ध दुई वर्ष ६ महिना जेल सजायको माग गरिएको हो । गत अगस्तमा सम्पन्न महिला विश्वकप फुटबलका क्रममा तत्कालीन अध्यक्ष रुबिलेसले यस्तो हर्कत गरेका थिए ।
स्पेनले महिला विश्वकपको उपाधि जितेपछि उत्साही बनेका रुबिलेसले खुसीयाली मनाउने क्रममा टोलीकी प्रभावशाली खेलाडी जेनी हर्मोसोको ओठमा चुम्बन गरेका थिए ।

