नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको पहिलो खेल आज


काठमाडौं – नेपाल ए ले पहिलो टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी२० र एक दिवसीय सिरिज हुनेछ ।

आयरल्यान्ड ए नेपालको सिनियर टोलीसँग दुवै खेलमा पराजित भएको थियो । सिनियर टोली भने आज फ्रेन्डसिप कप खेल्न भारततर्फ जाँदैछ । बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

नेपालको कप्तानी विनोद भण्डारी र आयरल्यान्डको निल रकले गर्नेछन् ।

एसीसी प्रिमियर कप र टी-२० विश्वकप अघि युवा खेलाडीलाई ए टोलीमा सानदार प्रदर्शन गर्दै सिनियर टोलीको ढोका खोल्ने अवसर हुनसक्छ । सिनियर टोलीमा मौका नपाएका सबै खेलाडीलाई आफ्नो प्रदर्शन देखाउने राम्रो अवसर हो ।

नेपाल ए

विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री ।

आयरल्यान्ड ए

निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

 

प्रतिक्रिया