सुनकोशीमा बेपत्ता बालबालिकाको शव भेटियो


गाईघाट – होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तीनै जना बालबालिका मृत भेटिएका छन् ।

उनीहरु आइतबारदेखि हराइरहेका थिए । जसमा बुधबार त्रियुगा नगरपालिका–१४ साउने बस्ने बर्ष ९ की रेखा मगरको शव मृत अवस्थामा भेटिएको थियो भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगरको शव मृत फेला परेको थियो ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका–२४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका–२ टप्पुभन्ने स्थानमा फेला परेको थियो । त्यस्तै ९ वर्षका लोकचन्द्र मगरको शव बुधबार अपराहन्न भेटिएको हो ।

होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

प्रतिक्रिया