सुन तस्करी प्रकरणः प्रतिवेदन अध्ययन गरी कारबाहीका लागि अर्को समिति


काठमाडौं – सुन तस्करी प्रकरणको छानबिन समितिको प्रतिवेदन अध्ययन गर्न समिति गठन गरिएको छ ।

गृह मन्त्रालयले सहसचिव भरतमणि रिजालको संयोजकत्वमा ३ सदस्यीय प्रतिवेदन अध्ययन समिति गठन गरेको जनाइएको छ ।

समितिका सदस्यहरुमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भीमप्रसाद ढकाल र गृहकै प्रहरी प्रशासन शाखा प्रमुख उपसचिव रामबहादुर शाही रहेको जनाइएको छ । समितिले अध्ययनपछि छानबिन समितिको प्रतिवेदनबाट सिफारिस भएकालाई कारबाहीका लागि सिफारिस वा कारबाही नै गर्ने पनि जनाइएको छ ।

प्रतिक्रिया