
कार र मोटरसाइकल ठोक्किँदा मालपोत प्रमुख रावतको मृत्यु
रुपन्देही – रुपन्देहीको भैरहवामा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



कागजपत्र |
