रात्रिकालीन अनलाइन ‘फूड डेलिभरी’ गर्नेलाई लुटपाट गरेको आरोपमा २ जना पक्राउ


काठमाडौं- रात्रिकालीन अनलाइन फुड डेलिभरी गर्ने राइडरलाई लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेमा बालाजु बसपार्कस्थित एक डान्सबारका सञ्चालक काभ्रेका २९ वर्षका यानकुमार लामा र दोलखाका २९ वर्षीय मधुकर गोले रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  लुटपाट गर्ने दुई जनालाई बालाजु बसपार्कबाट आइतरबार पक्राउ गरेको हो । उनीहरूले राति अनलाइन फुड डेलिभरी गर्ने व्यक्तिलाई डर, धाकधम्की देखाइ लुटपाट एवं कुटपिट समेत गर्ने गरेको प्रहरीले जनाएको छ ।

हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया