एम्बुलेन्स र बस ठोक्किँदा बिरामीसहित ४ घाइते


नवलपरासी पूर्व- गैंडाकोटमा  एम्बुलेन्स र बस ठोक्किँदा  बिरामीसहित ४ जना घाइते भएका छन् । आइतबार बिहान महेन्द्रराजमार्गको भृकुटी बर्दिया जादै गरेको बस र एउटा एम्बुलेन्स ठोक्किएको प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा एम्बुलेन्समा डाइलाइसिसका लागि भरतपुर जाँदै गरेका मध्यविन्दु नगरपालिकाका ७५ वर्षीय मानबहादुर कुमालको टाउकोमा चोट लागेको छ । उनकाे  अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी एम्बुलेन्समा सवार भोटबहादुर कुमाल र सोमबहादुर कुमाल तथा स्कुटर चालक किशोर गौतम घाइते भएका छन् ।

सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया