

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्जिनियर दोषी ठहर, ४ वर्ष कैद

काठमाडौं- सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इलेक्ट्रिकल इन्जिनियर तेजनारायण साहलाई ४ वर्षको कैद सजाय सुनाइएको छ । आइतबार विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले सजाय निर्धारणा गरेको हो ।
प्रतिष्ठानको हाताभित्र व्यवसाय सञ्चालन गरिरहेकाबाट विद्युत् महसुलबापतको रकम ३३ लाख २० हजार २२६ असुल गरी प्रतिष्ठानमा नबुझाएका साहलाई बिगोबमोजिम जरिवाना समेत हुने फैसला सुनाइएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० भदौ २५ गते मुद्दा दायर गरेको थियो ।

