नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने शिक्षकलाई ६ महिना कैद


काठमाडाैं- कैलालीको घोडाघोडीस्थित दशरथ माध्यमिक विद्यालयका राहत शिक्षक महेश शाह नक्कली प्रमाणपत्रको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतले उनलाई दोषी ठहर गरी ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले जानकारी दिए ।

विशेष अदालतका न्यायाधीशत्रय डाक्टर खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रीतेन्द्र थापाको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

भारतबाट प्राप्त गरेको इन्टरमिडियटको शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाहविरुद्ध गत असोजमा मुद्दा हालेको थियो ।

 

प्रतिक्रिया