शेखर कोइरालालाई वरिष्ठ नेता बनाउन माग


ललितपुर- नेपाली कांग्रेसको महासमिति बैठकमा नेता शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन माग गरिएको छ । छलफलमा सहभागी रौतहटका शेख वकिलले यस्तो माग गरेका हुन् ।

‘नेताहरू ठूल्ठूला कुरा गर्छन्। मधेसको विकासको निम्ति केही बोल्दैनन्,’ उनले भने, ‘सभापतिमा हारेका नेतालाई वरिष्ठ नेता दिइनुपर्छ । शेखर कोइरालालाई वरिष्ठ नेता दिनुपर्छ ।’

उनले मधेसका विकासका लागि कांग्रेस नेतृत्वले चासो नदिएको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया