
महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रदीप पौडेलले राखे २८ बुँदे पूरक प्रस्ताव
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महासमितिले लिनुपर्ने थप संकल्पबारे प्रस्ताव राखेका छन्।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा फागुन ७ गतेदेखि जारी महासमिति बैठकले लिनुपर्ने थप संकल्पबारे पौडेलले प्रस्ताव राखेका हुन्।
उनले ८ पृष्ठको २८ बुँदे पूरक प्रस्ताव बुधबार महासमिति सदस्यहरूलाई बाँडेका छन्।
जनताले मतदान गर्ने निर्वाचनमा कांग्रेसले निर्वाचन पूर्व अन्य कुनै पनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्न महासमितिले निर्देश गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ ।
निर्वाचनका लागि उम्मेदवार छनोट र टिकट वितरणका लागि सबै तहका संसदीय समिति र बोर्ड तत्काल खारेज गरी उम्मेदवार छनोट गर्न प्राइमरी इलेक्सन गर्ने उनको भनाइ छ ।
सबै तहको नेतृत्वमा प्रत्यक्ष निर्वाचन प्रणाली लागू गर्ने, भ्रातृ संस्थाका अनिवार्य महाधिवेशन, मनोनीत बन्द गरिनुपर्ने, महाधिवेशन सकेको एक महिनाभित्र सबै विभाग र समिति गठन गरिसक्नुपर्ने कुरा उनको प्रस्तावमा उल्लेख छ ।
निष्पक्ष व्यक्तिहरूलाई सहभागी गराएर भ्रष्टाचार र अनियमिततामा जोडिएकाहरूमाथि पार्टीकै अग्रसरतामा छानबिन गर्नुपर्ने उनको भनाइ छ । केन्द्रीय सदस्यले एक महिनाभित्र सम्पत्ति र त्यसको स्रोतको स्वघोषणा गर्नुपर्ने पनि पौडेलको प्रस्तावमा उल्लेख छ ।
Skip to PDF content



कागजपत्र |
